अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
मेरोन्यूज
२०८० फागुन १४ गते २१:५१

काठमाडौँ । नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर आज नेपाल भ्रमणमा आएकी छन् ।
भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
सो अवसरमा मन्त्री अख्तरले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास तथा नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया