निःशुल्क आँखा शिविरमा एक हजार ३३१ जनाले सेवा लिए

सर्लाही। लायन्स क्लब अफ लालबन्दीको आयोजनामा भएको तीनदिन निःशुल्क आँखा शिविरमा एक हजार ३३१ जनाको सहभागिता भएकाे छ । जसमध्य २२२ जनामा मोतिया विन्दु फेला परेको छ भने ५५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
पहिलो दिन लालबन्दी ७ स्थित जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा ३९१ जनाको आँखा जाँच गरिएको ३९१ जनामध्ये ९५ जनामा मोतिया विन्दु फेला परेको थियो । जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा १५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजक लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए ।
दोस्रो दिन परवानिपुरमा भयको निःशुल्क आँखा शिविरमा ४५६ जनाको आँखा परीक्षण गरिएकोमा ६० जनामा मोतिया विन्दु फेला परेको थियो भने शिविरमा २०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । तेस्रो दिन रानिगन्जमा गरियको निःशुल्क आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराएकोमा आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराउँदा ६७ जनामा मोतिया विन्दु फेला परेका लाइन्स क्लब अफ सर्लाहीका फष्ट भ्वाईस प्रेसिडेन्ट बिभुसिंह थापाले जानकारी दिए ।
तीनवटै शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीलाई निःशुल्क फागुन १८ र १९गते लालबन्दी ५ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले सञ्चालन गरेको परोपकार आँखा उपचार केन्द्रमा तिलगङ्गा आँखा अस्पताल काठमाडौंबाट विशेषज्ञ डाक्टरहरु बाट शल्यक्रिया गरिने रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति धुर्व प्रसाद घिमिरेले बताए ।









वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया