मिनी म्याराथुनमा दौडिँदै ४८ महिलासहित ८९ चेपाङ

चितवन । नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथुनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।
रोटरी क्लब अफ रत्ननगरले यही फागुन १९ गते आयोजना गरेकोे ‘रोटरी मिनी म्याराथुन’ मा उनीहरु सहभागी हुन लागेका हुन् ।
प्रतियोगितामा अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदायबाट ४८ जना महिला र ४१ पुरुष गरी ८९ जना सहभागी हुने भएका आयोजकले जनाए । प्रतियोगितामा लामो दूरी पार गर्ने चेपाङ समुदायलाई नगद रु दुई हजार र छोटो दूरीका चेपाङ महिलालाई रु एक हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
म्याराथुन कार्यक्रमका संयोजक बिपिन पोख्रेलका अनुसार खुल्लातर्फको १५ दशमलव चार किलोमिटर र महिला लक्षित पाँच किलोमिटर दूरीको दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा दुवै समूहतर्फ गरी छ सय दुईजनाले सहभागिताका लागि नाम दर्ता गराएको पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको पनि सहभागिता रहने छ ।
उनले भने, “जर्मनी र केन्याका दुई/दुईजना धावकले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।” नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सीमान्तकृत समुदायका धावकहरुको पनि सो दौडमा सहभागिता रहने छ ।
क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार १५ दशमलव चार किलोमिटरको दौड नारायणगढको उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकबाट सुरु हुने छभने पाँच किलोमिटरको दौड टिकौली जङ्गलको मध्यभागबाट सुरु गरिने छ । दुवै दौड रत्ननगरको हरिहर मार्गमा सम्पन्न हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै रोटरीको जनविश्वास बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । भरतपुर भ्रमण वर्ष र समग्र चितवनको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
क्लबले आयोजना गरेको यो दोस्रो मिनी म्याराथुन हो ।
















काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया