हुण्डी कारोबारमा संलग्न अभियोगमा चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । काठमाडौँ उपत्यकाभित्र गैरकानुनी रुपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौँ महानगरपालिका–२ लाजीम्पाटबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोट रु आठ लाख तथा रु पाँच सय दरको नोट रु चार लाख बरामद गरिएको प्रवक्ता रेग्मीले बताए । उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।













कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया