शुक्रबार, चैत २०, २०८२

केन्द्रीय बैंक मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्दै

मेरोन्यूज २०८० फागुन १७ गते ९:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने भएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा आफ्नो पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको जनाएको छ। उक्त मुद्दति निक्षेपमा भाग लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ। 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ११ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड १० लाख रुपैयाँ र  ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७० लाख रुपैयाँ लगानी गर्न लागेको  हो।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा अर्थात कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ बैंकले जनाएको छ। बैंकका अनुसार रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ।

प्रतिक्रिया