भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत् राखिने

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ। त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ। योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।
तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर हाललाई पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
अहिले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ छ ।
ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ छ ।

















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया