हेर्नुहाेस् यस्ताे छ आजकाे तपाईंको राशिफल !

आज मिति २०८० साल फागुन १८ गतेतदअनुसार मार्च १ , सन् २०२४ शुक्रबार। फागुन कृष्ण पञ्चमी। पञ्चाङ्ग: ध्रुव तैतल स्वाति।
यस्ताे छ राशिफल
मेष : कलहको योग भएकोले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ।
बृष : रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
मिथुन : रमणीय र सुखद यात्राको योग छ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पढाइ-लेखाइमा प्रगति हुनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ।
कर्कट : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
सिंह : विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय छ।
कन्या : दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। छोटो दुरीको लाभदायक यात्रा रहला। व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
तुला : प्राविधिक काममा सफलता प्राप्त हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। पुराना साथीभाइसित भेटघाट हुनेछ। समाज सेवामा मन लाग्नेछ।
बृश्चिक : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।
धनु : आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला, सचेत हुनुपर्छ। आफन्तको विश्वासमा कमी आए तापनि विश्वास गर्न जरूरी हुन्छ।
मकर : रमाइलो यात्राको योग रहेको छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुनसक्ने देखिन्छ।
कुम्भ : रोकिएका काम पुनः सुरु हुन सक्छन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पूरा हुनेछन्।
मीन : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्राविधिक कार्यमा सफलता पाइनेछ। सन्तान सुख पनि मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया