शुक्रबार, पुष १८, २०८२

काठमाडौंमा कवाडी व्यवसायीहरूको प्रदर्शन (फोटोफिचर)

मेरोन्यूज २०८० फागुन १८ गते १९:०९

काठमाडौँ । काठमाडौँ महानगरको निर्णय विरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन तथा र्‍याली निकालेका छन्।

अनधिकृत रूपमा रहेका संकलन केन्द्रहरुमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलक विरोधमा उत्रिएका हुन्। उनीहरुले बुद्धनगरबाट सुन्धारासम्म र्‍याली गरेका छन्।

महानगरपालिकाले महानगर मातहतका सम्पूर्ण वड़ा कार्यालयहरुले कवाडी हटाउने भन्दै कसैलाई ७, १५, तथा ३५ दिन भित्र कवाडी सामग्री पसल हटाई अन्यन्त्र लैजान निर्देशन गरेको थियो।

प्रतिक्रिया