नेपाल–भारत सीमामा राष्ट्रिय झन्डा

इनरुवा (सुनसरी) । नेपाल–भारतको सीमासँगै रहेको सुनसरीको मुख्य नाका कोसी–८ भण्टाबारीस्थित तीनकुनेमा आज राष्ट्रिय झन्डा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झन्डा राखिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । राष्ट्रिय झन्डा सबै नेपालीको मान, सम्मान एवं स्वाभिमान प्रतिबिम्बित गर्ने भएकाले आवश्यकताअनुसार निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
सीमा नाकामा देखिएको समस्या समाधान ध्यान केन्द्रित रहेका बेलामा जिल्ला सुरक्षा समितिले सुरु गरेको सीमा क्षेत्रको पैदलयात्राका क्रममा भारततर्फको सीमा क्षेत्रमा भारतको झन्डा भएको र नेपालतर्फको सीमा क्षेत्रमा झन्डा नभएका बेलामा राष्ट्रिय झन्डा राखिएको प्रजिअ अर्चायले बताए ।
आगामी दिनमा पनि सुनसरीका विभिन्न सीमा नाकामा राष्ट्रिय झन्डा राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रममा कोसी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाह, कोसीका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मी लगायतको सहभागिता थियो ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया