कुन्दन र रामप्रितलाई आजपाले गर्यो निष्काशन

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले पार्टीका उपमहासचिव कुन्दन कुशवाहा र उपाध्यक्ष रामप्रीत राम लाई कारवाही गरेको छ ।
पार्टी विधान, नीति तथा कार्यक्रमका बिरुद्धमा लागेका भन्दै कुशवाहा र राम लाई आजपाले पार्टीको साधारण सदस्य समेत बाट निष्काशन गरेको हो।
आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले एक बिज्ञप्ती जारी गर्दै कुशवाहा र राम लाई पार्टीबाट निष्कासन गरिएको जनाएका छन् । राम आजपाको उपाध्यक्षको जिम्मेवारी रहेका थिए भने पूर्व प्रदेश सांसद कुशवाहा पार्टीको उपमहासचिवको जिम्मेवारीमा रहेका थिए।
‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरुमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुल्लो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ ।
यसै बिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरुमा संलग्न रहेको विषय पुष्टि भएकोले रामपृत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
पूर्व प्रदेश सांसद कुशवाहा र राम केहीदिन अघि पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली संग टिका लगाएर एमालेमा प्रवेश गरेका थिए। तत्कालीन एमाले केन्द्रीय सदस्य समेत रहेका कुशवाहा गत निर्वाचनमा प्रभु साह संगै पार्टीको टिकट बहिष्कार गरी स्वतन्त्र उमेदवारी दिएपछि पार्टीले उनलाई कार्वाही गरेको थियो।


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया