सरकारमा जाने विषयमा जसपा अनिर्णीत
मेरोन्यूज
२०८० फागुन २३ गते ११:५६

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल ‘अनिर्णयको बन्दी’ भएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय लिन बसेको कार्यकारीणी समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।
‘जसपाको कार्यकारिणी समितिको बैठक सकियो तर प्रचण्ड सरकारमा जाने ‘नजाने कुनै निर्णय गर्न सकेन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही समय ‘पर्ख र हेर’को अवस्था रहने भन्ने भएको छ ।’ उनका अनुसार बैठकले कुनै निर्णय लिन नसके पछि सोही सन्देश बोकेर अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजेन्द्र श्रेष्ठ वालुवाटार लागेका छन् ।
प्रचण्ड सरकारलाई विश्वासको मत दिन र सरकारमा सामेल हुने बारेमा सो पार्टीको बहुमत सदस्य बिपक्षमा उभिएका छन् ।
सम्बन्धित
















दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया