हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।
यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । हिउँमा फसेका आठै जनालाई सकुशल हेलिकप्टरबाट उद्धार गरिएको छ । पालिका–४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्धार गरेको हो । उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए ।
















वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया