शुक्रबार, वैशाख ४, २०८३

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

मेरोन्यूज २०८० फागुन २४ गते ८:०८

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिनिधि सभा बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ।

यसअघिको बैठकमा सहकारी तथा मिटरव्याज पीडितले न्याय पाउनुपर्ने माग गर्दै विपक्षी सांसद् अवरोध गरेपछि सूचना टाँसेर स्थगित गरिएको थयो।

प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ । 

राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। 

 

प्रतिक्रिया