सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड

काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा आज बिहान आईपीओ बाँडफाँड गरिएको हो।
सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा आयोजना प्रभावितलाई जारी गर्दा बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्तासमेत जोडिएको थियो।
सर्वोत्तम सिमेन्टले कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएका थिए। त्यसमा १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ।
यो आईपीओमा मागभन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा ९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् । ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले सेयर पाएका छन् । बाँकी रहेको २६ कित्ता सेयर २६ जनाले थप १–१ कित्ताका दरले प्राप्त छन्। यो आईपीओमा ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया