वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु

मोरङ । मोरङको पथरीशनिश्चरेमा लोकसेवा तयारी कक्षा सुरु भएको छ ।
वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.लि.ले तयारी कक्षा थालेको प्रा.लि.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए ।
वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ ।
वडाले अन्य थुप्रै तालिमहरु गारएको र यसवर्ष लोकसेवा तयारी गराएर युवालाई स्वदेशमै सरकारी जागिरमा प्रोत्साहन गर्न बजेट तथा कार्यक्रम राखिएको वडाध्यक्ष बिजय लिम्बुले बताए ।
यता वडा नं. २ ले भने लक्षित वर्ग अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट लोकसेवा तयारी कक्षामा लगानी गरेको छ । वडाका १३ जना महिलालाई लोकसेवा तयारी गराएर सरकारी जागिरमा प्रोत्साहन गरेको वडा सदस्य चन्द्र कुमार राईले बताएका छन् ।
६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा वडा नं. ३ को २ लाख ३३ हजार, वडा नं. २ को ९९ हजार र प्रा.लि.को २५ प्रतिशत साझेदारी रहेको छ ।
२०७६ सालदेखि निरन्तर लोकसेवा, शिक्षक सेवा तथा अन्य भाषाका कक्षाहरु समेत सञ्चालन गरिरहेको प्रफेक्टले वार्षिक रुपमा थुप्रै विद्यार्थी पास गराउदै आएको छ ।
वडामा रहेका अतिविपन्न परिवारका, सरकारी जागिरमा चासो राख्नेहरुलाई निःशुल्क कक्षामा सहभागी गराउने गरेको चौलागाईले जानकारी दिए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया