सप्तरीमा मोटरसाइकलसहित पुरुषको शव फेला
मेरोन्यूज
२०८० फागुन २६ गते १५:०४

राजविराज । कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरुषको शव शनिबार फेला परेको छ । राजविराज नगरपालिका–१६ का राजेशकुमार यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।
पुलमुनि मधेस प्रदेश ३०६१ नम्बरको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
कुन कारणले कसरी दुर्घटना भयो भन्ने अहिलेसम्म खुलेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
पुलको तल ‘शव’ देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका निम्ति शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया