मंगलबार, माघ १३, २०८२

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न माओवादी पदाधिकारी बैठक बस्दै

मेरोन्यूज २०८० फागुन २७ गते १०:३१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक आह्वान गरेका छन् ।

बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने उनले जानकारी दिए ।

राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणाा हुँदैछ । यही फागुन २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन गरिने कार्यतालिका घोषणा गर्न लागिएको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीले पाउनेछ । अध्यक्षका लागि नारायण दाहाल, हाल राष्ट्रियसभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी छन् । 

प्रतिक्रिया