शाओमीको इन्ट्री लेभल रेड्मी एथ्री स्मार्टफोन नेपालमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ । रेड्मी ए थ्रि लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ । रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ‘गोरिल्ला’ ग्लास ३ को सुरक्षा सहित संचालित छ ।
१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रि लाई युएसबी टाईप सी मा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘ग्राहकहरु माझ रेड्मी ए थ्रि प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौं । प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी ए थ्रि मा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरु उपलब्ध छ । रेड्मी ए थ्रि स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन हो ।’
उत्कृष्ट डिस्प्लेः
रेड्मी ए थ्रि को ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र १६५० ८ ७२० पिक्सेलको रिजोल्युसनले तपाईंले हेर्ने हरेक तस्विरलाई आकर्षक बनाउँछ । हरेक फोटो र भिडियोमा भाइब्रेन्ट रङहरू र सार्प क्लारिटीको साथ रेड्मी ए थ्रिले एक अनुपम अनुभव प्रदान गर्नेछ ।
शक्तिशाली प्रदर्शनः
मिडियाटेक हेलियो जि ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रिले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ । ४ जिबी ¥याम (४ जिबी विस्तारित) र १२८ जिबी स्टोरेजको ( १ टीबी सम्म बडाउन सकिने ) साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्नेछन् । रेड्मी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गो भर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रिले एन्ड्रोइड १४ को स्वाद दिनेछ । यस फोनले दुई मुख्य एन्ड्रोइड अपडेटहरू र ३ वर्षको सेकुरिटी प्याच अपडेटहरू प्राप्त गर्नेछ ।
लङ लास्टिङ ब्याट्रीः
रेड्मी ए थ्रिको ठुलो ५००० एमएच ब्याट्री क्षमताले युएसबी टाईप सी र १० वाटको चार्जिङ समर्थन गर्दछ जस्ले दिनभर स्र्माटफोनसँग कनेक्टेड रहिरहन मद्दत प¥याउँनेछ ।
स्लिक डिजाइनः
स्टाइल र स्टेबिलिटीको साथ रेड्मी ए थ्रि ले स्लीक डिजाइन र कोर्निंग ® गोरिल्ला ® ग्लास ३ को सुरक्षा पनि प्रदान गर्दछ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् जसले यस स्र्माटफोनलाई झनै सुरक्षित र सहजत बनाउँदछ ।
बजार उपलब्धता
रेड्मी ए थ्रि मा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरुमा ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ ।
३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबीको मूल्य क्रमश ११,९९९ रूपैयाँ र १२,९९९ रूपैयाँ पर्नेछ ।
यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।
















लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया