नागरिक उन्मुक्ति पार्टीको बैठक स्थगित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थित नहुने भएपछि पार्टीको बैठक स्थगित भएको हो।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्ट श्रेष्ठले आज दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर अचानक उनको स्वास्थ्यमा समस्यामा आएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो ।
यता नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन्।
साेही कारण पार्टीभित्रको विवाद, सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा छलफल गर्न अध्यक्ष श्रेष्ठले बैठक बाेलाएकी थिइन् ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया