विकास ऋणपत्रमार्फत् ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडाैं। नेपाल सरकारले ८ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।
८ अर्ब बराबरको रकम ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको हो । यसैगरी ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने साथै ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । जारी सुचना अनुसार ऋणपत्रमा इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी क्रमशः ८५% र १५% गरी छुट्याइएको छ ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।
यसको निष्कासन मिति भने फागुन ३० गते तोकिएको छ ।बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया