विकास ऋणपत्रमार्फत् ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडाैं। नेपाल सरकारले ८ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।
८ अर्ब बराबरको रकम ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको हो । यसैगरी ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने साथै ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । जारी सुचना अनुसार ऋणपत्रमा इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी क्रमशः ८५% र १५% गरी छुट्याइएको छ ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।
यसको निष्कासन मिति भने फागुन ३० गते तोकिएको छ ।बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।













समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया