लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
मेरोन्यूज
२०८० फागुन २९ गते २०:१९

पोखरा । लागूऔषध मुद्दामा फरार एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
मंगलबार प्रहरीले कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई पक्राउ गरेको हो।
जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।
उनका अनुसार अदालतले दुई वर्ष ६ महिना कैद र एक लाख ६ हजार रुपैयाँ जरिवाना तोकेको थियो। यस्तै, पीडित राहत कोषमा ४ हजार २४० रुपैयाँ दाखिला गर्नुपर्ने अदालतले आदेश दिएकोमा उनी फरार थिए। फरार अधिकारीलाई प्रहरीले पक्राउ गरेर मंगलबार नै अदालतमा पेश गरेको छ।
सम्बन्धित













मधेस सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया