आरती साहकाे परिवार र सरकारबीच ५ बुँदे सहमति,थप अनुसन्धानमा सीआईबी खटिने

काठमाडौं । आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको छ । मंगलबार राति गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सहमति भएको हो ।
सहमतिपत्रमा सरकारको तर्फबाट गृह मन्त्रालयका अधिकारी र साहका तर्फबाट ३/३ जनाले हस्ताक्षर गरेका छन्।
सहमतिपछि साहको परिवारले लामो समयदेखि जारी आन्दोलन फिर्ता लिएको छ।
सहमति अनुसार आरती मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाइने भएको छ । प्राप्त प्रमाण अदालतमा पेस गर्ने सहमति भएको छ ।
अनुसन्धान टोलीले मृतक आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र अनुसन्धान थालिएको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।
अनुसन्धान टोलीले आरतीको मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीहरूका सम्बन्धमा अनुसन्धान गर्नेछ । आरतीको परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान हुनेछ ।
घटनाबारे नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएका प्रतिवेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गर्ने सहमति भएको छ । घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू पनि अध्ययन गरिनेछ ।
अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गरिनेछ ।
यसैगरी आरतीको परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ ।













विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
शीतलहरले वीरगन्जमा फेरि तीन दिन विद्यालको पठनपाठन बन्द
झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया