गुल्मीमा १५ सय परिवारलाई निस्सा वितरण

तम्घास (गुल्मी) । गुल्मीमा एक हजार पाँच सय बढी परिवारलाई निस्सा वितरण गरिएको छ । जग्गाधनी पुर्जाका लागि आवेदन दिएकामध्ये ११ पालिकाका एक हजार छ सय ३० परिवारलाई निस्सा वितरण गरिएको हो ।
मुसिकोट नगरपालिकाका दुई सय ८०, कालीगण्डकी गाउँपालिकाका ३८, सत्यवतीका ६३, चन्द्रकोटका ७६ परिवारलाई निस्सा वितरण गरिएको छ । रुरु क्षेत्रका दुई सय ३०, छत्रकोटका एक सय ४३, गुल्मी दरबारका ३३, धुर्कोटका तीन सय ४८, इस्माका दुई सय २३, मालिकाका दुई सय ४४ र मदानेका ८३ परिवारलाई निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिए।
आयोगले दिएको जानकारीअनुसार जिल्लाको रेसुङ्गा नगरपालिकामा निस्सा वितरणको काम भएको छैन । निस्सा वितरणका लागि सम्बन्धित पालिकाले विभिन्न निर्णय गर्नुपर्नेमा रेसुङ्गाले उक्त निर्णय नगरेका कारण निस्सा वितरण हुन नसकेको अध्यक्ष राममल्ल ठकुरीले बताए । निस्सा वितरणमा ढिलाइ हुँदा जग्गधनी पुर्जा वितरणमा समेत ढिलाइ हुने ठकुरीले बताए ।
आयोगले हालसम्म पत्रकार सम्मेलन, राजनीतिक दलहरूसँग सर्वदलीय बैठक, विभिन्न अभिमुखीकरणलगायतका कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
आयोगले रुरुक्षेत्र, मुसिकोट र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्यसमेत सम्पन्न गरेको छ । आयोगले विभिन्न मापदण्डका आधारमा सम्बन्धित लाभग्राहीलाई जग्गा प्रदान गर्नेछ । गुल्मीमा कुल दुई हजार पाँच सय ९९ लाभग्राही रहेका छन् ।
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया