उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट
मेरोन्यूज
२०८० चैत १ गते १८:२८

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने तथा आपसी द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नर्वेले गर्ने सहयोग अभिवृद्धिका सन्दर्भमा समेत कुराकानी गरेका थिए ।
यसैगरी आजै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हस्मी र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहैमेदले समेत शिष्टाचार भेट गरे । सो अवसरमा राजदूतद्वयले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
सम्बन्धित
















नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया