यस्ताे छ तपाईंको आजकाे राशिफल

आजमिति २०८० साल ,चैत्र ४ गते तदअनुसार मार्च १७, २०२४ आईतवार, शुक्लपक्षको अष्टमी तिथि, मृगशिरा नक्षत्र, प्रिति योग । मिथुनराशिमा चन्द्रमा । यो योगमा गरिएको कार्य आयुष्मान रहने विश्वास छ ।
- अभिजित् मुहूर्त: बिहान ११:४९ देखि १२:३७ सम्म,
- काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१२
- सुर्यास्त: बेलुका ०६:१४ बजे
मेष : लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। सुरु गरेका काम सम्पन्न हुनेछन् तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ।
- शुभ रंग: रातो
- शुभ अंक – ८
वृष : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
- शुभ रंग: पहेलो
- शुभ अंक – ३
मिथुन : स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः सचेत रहनु होला। नजिकका व्यक्तिबाट काममा बाधा आउला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ तर साँझमा शुभ समाचार मिल्नेछ।
शुभ रंग: सेतो
- शुभ अंक – ९
कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। सेयर बजारले राम्रै साथ दिन सक्छ।
- शुभ अंक – २
- शुभ रंग : पहेलो
सिंह : शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आँटेको र ताकेको कार्य पूरा होला। नसोचेको ठाउँबाट धनागम हुनेछ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।
- शुभ रंग: कालो
- शुभ अंक – ४
कन्या : स्वास्थ्यमा सुधार आउनेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ।
- शुभ रंग: निलो
- शुभ अंक – ९
तुला : किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आँटेको काममा ढिलासुस्ती हुन सक्छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। तीर्थाटनको योग छ।
- शुभ रंग: कालो
- शुभ अंक – ३
वृश्चिक : सोचेको र आँटेको काममा फाइदा मिल्नेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला। बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।
- शुभ अंक – ३
.शुभ रङ्ग: कालो
धनु : समाजसेवा गरे लोकमा प्रसिद्ध भइनेछ। प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।
- शुभ रंग: हरियो
- शुभ अंक – ८
मकर : कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ।
- शुभ रंग: निलो
- शुभ अंक – ६
कुम्भ : दिन माध्यम खालको रहनेछ। काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।
- शुभ रंग: पहेलो
- शुभ अंक – ५
मीन : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।
- शुभ रंग: गुलावी
- शुभ अंक – ८














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया