सोमबार, माघ १२, २०८२

सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

मेरोन्यूज २०८० चैत ४ गते १२:१७

काठमाडौं । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको छ । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर आइतबार बैठक स्थगन भएको हो ।

६० वर्षीय अन्सारीको उपचारका क्रममा आइतबार बिहान निधन भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

अन्सारीको निधन हृदयघातका कारण मीनभवनस्थित सिभिल अस्पतालमा आज बिहान भएको थियो ।

प्रतिक्रिया