ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि

काठमाडौं । ट्रान्स हिमालय एडभेन्चरको पहिलोसंस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ ।
नेपाल अटोमोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो ।
नेपाललाई विश्वकै मोटरस्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना हुने कार्यक्रममा काठमाडाँैदेखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाईकल टुरिङ र्याली हुनेछ ।
कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्स,े झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राईडिङ्ग सम्वन्धित जनचेतना मुलक कार्यक्रम समेत हुनेछ ।
जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धि विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।
राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनको सहयोग तथा गण्डकी अटोमोबाईल्स एसोसिएसनको प्राविधिक सहयोगमाहुने कार्यक्रममा पोखरामा हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर समापन हुनेछ ।
कार्यक्रम संयोजक अनिलकुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताए । उनले भने, राष्ट्रिय खेलकुद परिषद्ले नेपालको साहसीक तथा पर्वतीय खेलकुदमा लिएको चासो दिगो खेल पर्यटनको आधार बन्ने विश्वास देखिएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया