इलाम-२ को उपनिर्वाचनका लागि एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस
मेरोन्यूज
२०८० चैत ४ गते १७:५०

काठमाडौं । नेकपा एमाले इलाम जिल्ला कमिटीले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले उम्मेदवारीका लागि निवेदन दिएका सबैको नाम पार्टी केन्द्रमा पठाउने निर्णय गरेको हो।
सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् ।
यो क्षेत्रबाट उम्मेदवार हुनका लागि एमालेका ६ जनाले पार्टीमा निवेदन दिएका थिए। सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राईले उम्मेदवारीका लागि पार्टीमा निवेदन दिएका थिए।
एमालेले उम्मेदवार तय गर्नका लागि राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सो कार्यदलले तयार पारेको रिपोर्ट र निवेदनहरूका आधारमा सबै आकांक्षीको नाम केन्द्रमा पठाइएको हो।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया