सेयर बजारमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ ।
आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह शून्य दशमलव ०३, लगानी समूह शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८२ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३० र वित्त समूह एक दशमलव ०८ प्रतिशतले बढेको छ ।
गुर्खाज फाईनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव १५ प्रतिशतले घटेको छ ।
कारोबार रकममा आधारमा गुर्खाज फाईनान्स लिमिटेडको रू २३ करोड १४ लाख ५८ हजार ७७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको छ लाख ४२ हजार पाँच सय ९१ कित्ता शेयर किनबेच भनेको छ ।(((













समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया