विभेद अन्त्य गर्न सबै लाग्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेका सामाजिक विभेद हटाउन सबै लाग्नुपर्ने बताए ।
मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपाल (रिडेप)द्वारा आज विराटनगरमा ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आयोजित दुईदिने दलित जनप्रतिनिधिको तेस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको मर्मअनुसार समाजमा हुने भेदभाव, छुवाछूत हटाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले कानुन भनेको समाजमा पछाडि परेका समुदायको उत्थानका लागि बनाइएको नियम र आचारसंहिता भएको चर्चा गर्दै आगामी प्रदेशसभाको वर्षे बैठकमा दलित सशक्तीकरण विधेयक ल्याउने जानकारी दिए ।
परिवारका सदस्यको व्यावहारिक मिलन गराउनु नै दलित आन्दोलनको मुख्य उद्देश्य रहेको विचार राख्दै जनप्रतिनिधिहरुले सबै जात एवं समुदायको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले श्रमको सम्मानबाट मुलुकमा समृद्धि आउने चर्चा गर्दै कामका आधारमा कोही कसैलाई हेयको दृष्टिले हेर्न एवं सम्बोधन गर्न नहुने बताए ।
सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले समाजमा रहेका विदेभ एवं छुवाछूतको अन्त्य गरी मुलुकको सम्पूर्ण विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले जातीय, शैक्षिक, सामाजिक विभेदको अन्त्य गरी एकताको सन्देश दिन सबैलाई आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सबैको रगत रातो हुनाले सबै नेपालीबीच एकता कायम गरी समाजमा रहेका विकृति, विसङ्गति, विभेद एवं छुवाछूतको अन्त्य गरी मुलुकको समृद्धिमा लाग्न आग्रह गरे ।
मञ्चका अध्यक्ष उमेश विश्वकर्मा, गैरसरकारी संस्था महासङ्घ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त र नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्र पी अधिकारीले मुलुकको समृद्धिका लागि हामी सबै भेदभाव, छुवाछूत अन्त्य गरी एकता कायम गर्नुपर्ने सुझाव दिए ।
सोही अवसरमा मुख्यमन्त्री कार्कीले दलित अभियानकर्मी एवं सुनसरी इटहरी उपमहानगरपालिका कार्यपालिकाका सदस्य दिनेश रसाइलीलाई सम्मान गरेका थिए । सम्मेलनमा प्रदेशमा दलित समुदायबाट निर्वाचित पाँच सय जनप्रतिनिधिको सहभागिता रहेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया