यो गठबन्धनले पनि डेलीभरी दिन नसके देश अप्ठ्यारोमा जान्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पारेका छन् ।
सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पारे ।
“जनतामा सुशासन र समृद्धिको आकांक्षालाई अझ तीब्रताका साथ एवं अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।”
उनले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको बताए । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितीअनुसार काम गर्न दिर्नेशन दिए ।
“जनतामा नयाँ आशा र भरोषा जगाउने कुराको कुनै विकल्प छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “यो सङ्कल्प र समीकरणबाट पनि जनतामा डेलिभर भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्योरोमा जाने खतरा छ, जनताको पक्षमा काम गर्नुहोला ।”
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया