आइतबार, चैत २९, २०८२

प्रभु साहका पिए जसपा प्रवेश

मेरोन्यूज २०८० चैत ७ गते ९:३२

रौतहट । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन।

Advertisement
nepal life insurencenepal life insurence

रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरि  जसपा मा प्रवेश गरेका हुन्। 

मंगलवार काठमाण्डौ स्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादव संगै आजपाका कैयौं नेताहरुलाई जसपामा प्रवेश गरेको पूर्व मन्त्री योगेन्द्र यादवले बताएका छन।

नवप्रवेशीलाई जसपाका राष्ट्रिय अध्यक्ष  उपेन्द्र यादवले  खादा ओठाएर स्वागत गरेका छन। निमेष लामो समय देखि प्रभु साहको साथ रहेर समाचार क्षेत्र हेर्दै आएका थिए।

यस अघि प्रभु साह एमालेमा छँदा गत निर्वाचनमा राजदेवी नगरपालिकामा मेयरको टिकटको दावेदारी समेत गरेका थिए।

प्रतिक्रिया