कर्णाली सरकारको नेतृत्व अब एमालेले गर्छ : शंकर पोखरेल

सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व अब एमालेले गर्ने बताएका छन् ।
एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताएका हुन् ।
महासचिव पोखरेलले कर्णाली सरकारको नेतृत्व एमालेले गर्न दिनका लागि माओवादीलाई सहयोग गर्न आग्रह समेत गरेका छन्। उनले ठूलो दलको हैसियतले नेतृत्वमा दावी गर्ने परम्पराको अन्त्य भइसकेकाले कर्णालीको नेतृत्वका लागि काठमाडौं नधाउन एमाले र माओवादीका नेतालाई आग्रह गरे।
‘कर्णालीमा अहिलेसम्म माओवादीकै साथीहरूको नेतृत्व गरिरहनुभएको छ । एमालेका नेता कार्यकर्ताले पनि एक पटक हामीले नेतृत्व गर्ने मौका पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले हार्दिकतापूर्ण तरिकाले स्वीकार्नुपर्छ । र, स्वागत गर्नुपर्छ’, उनले भने ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया