हुम्लामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम

सिमकोट (हुम्ला) । दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार गरेको छ ।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताए ।
गाउँपालिकाको वडा नम्बर ४ को विकट दलित बस्ती, खर्रा, देउदा, गइरा र उतिसेनी गाउँका ६५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको उनले जानकारी दिए। स्वास्थ्यकर्मी घरमै आएर स्वास्थ्य परीक्षण र औषधि वितरण गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले उनीहरुको सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङकुले बताए । गाउँपालिकामा रहेका सबै वडामा घरदैलो गरेर बिरामीको पहिचान गरिनेछ।
कार्यक्रमअन्तर्गत बिरामीको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको संयोजक ढकालले बताए । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइलगायतका उपचार गरेका हुन् ।
गाउँपालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । वडा १ देखि ५ सम्मका सबै बस्तीमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिने छ । यो अभियान वडा नम्बर ४ मा सम्पन्न भएर वडा नम्बर १ मा सुरु भएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया