मकवानपुरमा ज्वरोका बिरामी बढे

मकवानपुर । थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थाहा नगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० देखि ७५ जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले उपचारका लागि आउने ज्वरोका बिरामीमध्ये दैनिक १२ देखि १७ जनासम्म स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिरहेका जानकारी दिए । ज्वरोका केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ ।
जिल्लाभित्र डेङ्गुको सङ्क्रमण र भाइरल ज्वरो लगायत सङ्क्रमणलाई नियन्त्रण गर्न आवश्यक जनशक्ति सतर्क अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए ।















कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया