प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिएकोमा धेरै काम हुने बताए ।
काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारे । उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराए ।
कांग्रेसले आफ्नो राजीनामा र संसदीय समिति बनाउन माग गरिरहेको सन्दर्भमा उनले सदनमा जवाफ दिन पाए राम्रो हुने बताए । सहकारीका ठगीका विषयमा प्रतिवादी नभएको मान्छे कसरी दोषी भयो भन्दै उनले जिवी राई जहाँ भए पनि समातिने प्रतिबद्धता दोहोर्याए । उनले सहकारीपीडितको बचत ब्याजसहित फिर्ता गराउने पनि बताए ।
थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम(२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि स्पष्ट पारे । भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उनले भने, “कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन् । तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ ।”
















युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया