दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
मेरोन्यूज
२०८० चैत ११ गते ६:२५

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
सो दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। उनीहरु मोटरसाइकमा सवार थिए।
मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया