माछापुच्छ्रे बैंकको ११ लाख बढी कित्ता शेयर बिक्रीमा
मेरोन्यूज
२०८० चैत १२ गते १०:२५

काठमाडौं । माछापुच्छ्रे बैंकको ११ लाख १६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको कुल ११ लाख १६ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको १० लाख ५६ हजार ९१७ कित्ता र दीपकराज दलीको ५९ हजार ६५६ कित्ता रहेको छ।
यसअघि यी शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि खुला गरिएको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।
इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यसका लागि आफूले लिन चाहेको शेयर संख्या र मूल्य खुलाई काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा निवेदन दिन सकिनेछ।
सम्बन्धित













थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया