प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारतीय नागरिक पक्राउ

भैरहवा। पछिल्लो एक महिनादेखि रुपन्देही प्रहरीको सक्रियता बढ्दाे छ । जिल्लाको प्रहरी प्रमुखको रुपमा एसपी रंजित सिंह राठौरले कार्याभार सम्हालेदेखि नै त्यहाँ हुने तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरु पनि धमाधम पक्राउ पर्दै गएका छन् ।
एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा पोशाकका प्रहरीहरु परिचालन गरि दैनिक रुपमा अवैध सामान ओसारपसार गर्ने र फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिँदै आएका छन् ।
आइतबार रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी पिपरहियाबट एकजना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण भने प्रहरीलाई नै अनुचित प्रभावमा पार्नु रहेको छ । निगरानी र चेकजाँचमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाएका भारतको जिल्ला महाराजगंज थाना सुनौली फरेना बस्ने ४५ वर्षीय सोनु मुसलमान रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।
उनले प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारवाहीमा समेत अवरोध सिर्जना गरेकोले पक्राउ गरिएको हो । आइतबार बिहान करिब ११ बजे गल्लामण्डीमा भारतबाट लुकाईछिपाई ब्रोईलर कुखुराहरु नेपालतर्फ ल्याइरहेको भन्ने गोप्य सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।
उक्त प्रहरी टोलीले रोकेर सोधपुछ गर्न खोज्दा टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारवाहीमा समेत सिर्जना गरेको हुँदा सोनुलाई तत्काल पक्राउ गरी प्रहरी कार्यालयमा ल्याइएको डीएसपी भट्टले बताए ।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अभद्र व्यवहार मुद्दामा म्याद थप भइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।













भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया