प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारतीय नागरिक पक्राउ

भैरहवा। पछिल्लो एक महिनादेखि रुपन्देही प्रहरीको सक्रियता बढ्दाे छ । जिल्लाको प्रहरी प्रमुखको रुपमा एसपी रंजित सिंह राठौरले कार्याभार सम्हालेदेखि नै त्यहाँ हुने तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरु पनि धमाधम पक्राउ पर्दै गएका छन् ।
एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा पोशाकका प्रहरीहरु परिचालन गरि दैनिक रुपमा अवैध सामान ओसारपसार गर्ने र फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिँदै आएका छन् ।
आइतबार रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी पिपरहियाबट एकजना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण भने प्रहरीलाई नै अनुचित प्रभावमा पार्नु रहेको छ । निगरानी र चेकजाँचमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाएका भारतको जिल्ला महाराजगंज थाना सुनौली फरेना बस्ने ४५ वर्षीय सोनु मुसलमान रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।
उनले प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारवाहीमा समेत अवरोध सिर्जना गरेकोले पक्राउ गरिएको हो । आइतबार बिहान करिब ११ बजे गल्लामण्डीमा भारतबाट लुकाईछिपाई ब्रोईलर कुखुराहरु नेपालतर्फ ल्याइरहेको भन्ने गोप्य सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।
उक्त प्रहरी टोलीले रोकेर सोधपुछ गर्न खोज्दा टोलीलाई अनुचित प्रभावमा पार्न खोजी काम कारवाहीमा समेत सिर्जना गरेको हुँदा सोनुलाई तत्काल पक्राउ गरी प्रहरी कार्यालयमा ल्याइएको डीएसपी भट्टले बताए ।
पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अभद्र व्यवहार मुद्दामा म्याद थप भइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया