विश्वकप छनोटमा बेल्जियम र वेल्स भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोट आजदेखि सुरु हुने भएको छ ।
समूह ‘इ’ मा रहेको बेल्जियमले आफ्नो घरेलु मैदानमा वेल्सको आतिथ्यता गर्दैछ । २०१६ मा भएको युरोकपको क्वाटरफाइनल पछि बेल्जियम र वेल्स पहिलोपटक भिड्न लागेका हुन् । त्यतिबेला मा वेल्सले बेल्जियमलाई ३–१ ले हराएको थियो ।
घरेलु मैदानमा हुने खेलमा बेल्जियम वेल्सलाई हराउदै विश्वकप छनोटमा सुखद सुरुवात गर्ने दाउमा हुनेछ । रोमेलु लुकाकु, थोर्गन हाजार्ड, केभिन डि ब्रुयन, थोमस म्युनियर गोलरक्षक थिवाउन कोर्टुवाको साथ रहेको छ ।
यता, वेल्स पनि बेल्जियमलाई हराउदै विश्वकप छनोटको सुरुद नतिजा निकाल्ने दाउमा हुनेछ । टोलीसँग ग्यारेथ बेल, हाल रुब्सन कानु, ड्यानियल जेम्स, डेभिसलगायत खेलाडीको साथ रहेका छन् ।
हाल सम्म टोलीको पाँच भेटमा वेल्स २ तथा बेल्जियम १ खेलमा विजयी हुदा २ खेल बराबरीमा सकिएको छ । वेल्स पछिल्लो चार खेलमा बेल्जियमसँग अपराजित छ । वेल्स सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा बेल्जियम वेल्ससँगलाई हराउने लक्ष्यमा हुनेछ ।
यही समूहको अर्को खेलमा राति १ः३० बजे नै इस्टोनिया र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुदैछ ।

















समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीन वटै तहका सरकारले बजेट छुट्याउनुपर्ने
एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया