अनिल साहका रूपमा तेस्रो विकेट गुमायो नेपालले
मेरोन्यूज
२०८० चैत १३ गते १३:३८

काठमाडौं। नेपाल र आयरल्यान्ड ‘ए’ बीचको दोस्रो मैत्रीपूर्ण टी–२० खेलमा नेपालले लगातार विकेट गुमाएको छ।
सातौं ओभरसम्म पुग्दा नेपालले तीन विकेट गुमाएको छ। ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलपछि अर्का हिटर ब्याट्सम्यान अनिल साहलाई पनि नेपालले गुमाएको हो।
आउट हुनुअघि शेखले ११, भुर्तेलले २५ र साहले १२ रन जोडेका हुन्। साहलाई फिनिन ह्यान्डले एस धोनीबाट क्याच आउट गराए। यसअघि शेख र भुर्तेलको विकेट म्याथ्यु फोस्टरले लिएका हुन्।
यतिबेला नेपालले ७ दशमलव ४ ओभरमा ६० रन बनाएर खेलिरहेको छ। टस जित्दै नेपालले पहिले ब्याटिङ रोजेको हो।
सम्बन्धित
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया