त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
मेरोन्यूज
२०८० चैत १३ गते १९:४५

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।
गर्भवतीको नियमित स्वास्थ्य जाँच गर्न त्रिपुराकोट स्वास्थ्यचौकीमा उक्त आरम्भ गरिएको हो । यसअघि यहाँ तीन तीन महिनामा घुम्ती सेवामार्फत भिडियो एक्सरे सेवा प्रदान गरिँदै आएको थियो ।
“अबदेखि स्वास्थ्य चौकीबाटै दैनिकरुपमा सेवा प्रदान गरिने छ”, नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तुलबहादुर श्रेष्ठले भने । नगरपालिका र स्वास्थ्य सेवा विभागबाट भिडियो एक्सरे मेसिन उपलब्ध भएसँगै उक्त सेवा नियमित गरिएको हो । यसअघि गर्भवतीले स्वास्थ्य जाँच गर्न सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियो ।
स्वास्थ्यकर्मी रोजिना पहाडी र धर्मादेवी बोहोराले उक्त सेवा प्रदान गरिरहेका छन् ।
सम्बन्धित
















गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया