सेयर बजारमा उछाल, साल्ट ट्रेडिङ लगातार २ दिन उकालो

काठमाडौं । सेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार नेप्से परिसूचक ४१ दशमलव ३ अंक अर्थात् १ दशमलव ६३ प्रतिशतले अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५विन्दुमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ६ अंक अर्थात १ दशमलव ५७ प्रतिशतले बढेर ४ सय ५५ दशमलव ९५ अंकमा बन्द भएको छ ।
दिनभर २ सय ८ कम्पनीको ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता सेयर खरिदविक्री भएको छ ।
सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि २ दशमलव ५४ अंक अर्थात् १दशमलव ५७ प्रतिशतले बढेर ४ सय ५५ दशमलव ९५ अंकमा बन्द भएको छ ।
यस्तै, सन्सेटिभ फ्लोट परिसूचक पनि २ दशमलव २ अंकले बढेर १ सय ४८ दशमलव १४अंकमा बन्द भएको स्टक एक्सचेञ्जले जनाएको छ । बजारले नयाँ उचाई बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा सेयरको माग बढेको शेयरबिज्ञ रविन्द्र भट्टराईले जनाएका छन् ।
बुधबार कारोबारमा आएका ११ समूहका उपसूचकमध्ये जलबिद्युत बाहेक अरु सबै बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ४ प्रतिशतले बढेको छ । त्यसपछि होटल र पर्यटन समूह ५ दशमलव ४४ प्रतिशतले उकालो लागेको छ ।
आज सबैभन्दा धेरै सेयर कारोबार साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशतले बढेर प्रतिकित्ता १२ हजार ७ सय ५ रुपैयाँमा पुगेको छ ।










कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
चार महिनामा भित्रियो करिब ७ खर्ब रेमिट्यान्स
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया