प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता
मेरोन्यूज
२०८० चैत १५ गते ११:२२

काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।
बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो। नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा पहिलाेपटक बालुवाटार पुगेका हुन्।
भेटमा देउवालाई संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। प्रधानमन्त्रीको आग्रहमा देउवाले सकारात्मक जवाफ दिएका स्रोतले जनाएको छ।
यस्तै संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि दुई नेताबचि छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए।
सम्बन्धित















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया