शनिबार, चैत २१, २०८२

इटहरी गोल्डकपको फाइनलमा पुग्यो चर्च ब्वाइज, उपाधिका लागि आर्मीसँग भिड्ने

मेरोन्यूज २०८० चैत १६ गते ७:२२

इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो। चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो। यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो। 

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८९औँ मिनेटमा निर्णायक गोल गरेका थिए। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन्।

उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ। 

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। फाइनल खेल जित्नेलाई नगद रु १० लाख र उपविजेतालाई रु पाँच लाख प्रदान गरिनेछ।

प्रतिक्रिया