याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक, मूल्य कति ?

काठमाडौं । याडियाको जि-६ विद्युतीय स्कुटर सार्वजनिक भएको छ । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी-६ मोडल नेपाल भित्र्याएको हो ।
कम्पनीका अनुसार याडिया जि-६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
याडियाको जि-६ मा फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ । फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन् ।
कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ । याडिया जि-६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।















ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
प्रधानन्यायाधीशसँग कानुनमन्त्री सोविता गौतमकाे भेट
योजना अधिकृत हमालको लेक लागेर मृत्यु
सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया