विवादमा हनुमन्ते जग्गा एकीकरण

काठमाडौं । हनुमन्ते जग्गा एकीकरण आयोजनाबारे भक्तपुर थिमी नगरपािलका र उपत्यका विकास प्राधिकरणका बीचमा विवाद बढेको छ । विवादमा पनि हनुमन्ते जग्गा एकीकरण आयोजनाले पनि नगरपालिकालाई साथ दिएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको ‘हनुमन्ते जग्गा एकीकरण आयोजना’सम्बन्धी काठमाडौं उपत्यका विकास प्राधिकरणले मङ्गलबार सूचना जारी गरेपछि विवाद थप बढेको हो ।
प्राधिकरणले जारी गरेको सूचनाविरूद्ध बुधबार भक्तपुर थिमी नगरपालिका र हनुमन्ते जग्गा एकीकरण आयोजनाले छुट्टै सार्वजनिक सूचना जारी गर्दै आपत्ति जनाएका हुन् ।
आयोजनाका लागि उपभोक्ता समिति गठनको प्रक्रियामा रहेको र आयोजना प्रमुख समेत तोकेर काम भइरहेको अवस्थामा कार्यरत आयोजना प्रमुखलाई थाहा नै नदिई उपत्यका विकास प्राधिकरणले सूचना प्रकाशन गरेको भन्दै मध्यपुर थिमी नगरपालिका र आयोजनाले आपत्ति जनाएको हो ।
हनुमन्ते जग्गा एकीकरण आयोजनाबारे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको मध्यपुर नगरपालिका र हनुमन्ते जग्गा एकीकरण आयोजनाले जनाएको छ।
तर, आयोजनामा पर्ने जग्गाधनीहरूको जग्गा फिर्ताको सुनिश्चितता नभएसम्म र नगरपालिकाले सीमाङ्कन नगरुञ्जेलसम्म कुनै पनि कार्य अगाडि बढ्न नदिने र सोसम्बन्धी जानकारी सम्बन्धित निकायलाई पनि गराउने गत माघको १८ गते निर्णय भएको सूचनामा उल्लेख छ ।
यस्तो अवस्थामा आयोजनाको भौतिक मस्यौदा तयार भएको भन्दै सूचना प्रकाशन गरी काठमाडौं उपत्यका विकास प्राधिकरणले भ्रम सिर्जना गरेको दुवै निकायले स्पष्ट पारेका छन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया