पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण
मेरोन्यूज
२०७७ चैत ११ गते १८:२१

काठमाडौं । पछिल्लो चौबीस घण्टामा १४५ जना कोरोना (कोभिड १९) संक्रमित थपिएका छन् । तीन हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएकामा १४५ जनाको नतिजा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । यसैगरी चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।
हाल क्वारेन्टिनमा ५२ जना छन् भने आइसोलेसनमा १ हजार १८२ जना रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया