घरमै बसेर होली मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको भन्दै घरमै बसेर होली पर्व मनाउन आग्रह गरेको छ ।
कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै फागु पर्व (होली) घरमै बसी परिवारका साथ मनाउन आग्रह गरेको हाे । यस वर्षकाे होली चैत १५ र १६ गते परेको छ । कोरोनाका कारण गतवर्ष पनि सार्वजनिकस्थलमा होली पर्व मनाउन प्रतिबन्ध लगाइएको थियो ।
नेपालमा काेराेना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले ठूला भेला, जुलुस, सभा, सम्मेलन जस्ता भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको हो । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी होली पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
त्यस्तै, भीडभाड हुने कार्यक्रम नगर्न/नगराउन, भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र नियमित हात धुन पनि प्रशासनले आग्रह गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो । लकडाउन गरिएको एक वर्षपछि अहिले पुनः संक्रमणको जोखिम बढ्न थालेको छ ।
बुधबार काठमाडौँ उपत्यकासहित देशभर १ ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९६३ वटा नमूनाको परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।
यस्तै आज ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार १८७ पुगेको छ । कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २० पुगेको छ ।

















जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया