रातो हाब्रेको छालासहित तीन पक्राउ

सोलुखुम्बु । रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्षीय जगतबहादुर राई, वडा नं ३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार (आज) आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र गैरकानूनी रुपमा वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाइ राखी खरिदबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा तिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कवित कटुवालले जानकारी दिए ।
अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएका तीनै जनालाई कानूनी कारबाहीका निम्ति राष्ट्रिय निकुञ्ज पठाइने बताइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (२६) को १ अनुसार निजहरुलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानूनी प्रावधान छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया